नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले पार्टी विभाजित हुँदा केही एमाले नेताहरुले नाँचगान र भोजभतेर गरेका बताएका छन्। पेशागत महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफुहरु एमालेबाट बाहिरिँदा केही नेताले खुसीयाली मनाएका टिप्पणी रहेका हुन्। प्रतिगमनलाई साथ दिन नसकेर एमालेबाट बिदा भएको उनको भनाइ थियो।