नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बिमा बोर्डबिच स्वास्थ्य बिमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र बिमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो ।

सम्बन्धित सामग्री

घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा कार्यक्रम

घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बिमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।

आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा सुरु

नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।

अस्पतालमा स्वास्थ्य बिमा सेवा

यहाँको कपुरकोट आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको छ । जिल्लामै पहिलो पटक पालिकाले सञ्चालन गरेको कपुरकोटमा आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको हो ।

चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सुरु

चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो ।

निजी मेडिकल कलेजबाट स्वास्थ्य बिमा सेवा सञ्चालन हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जतिसुकै प्रयास गरे पनि तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको उपचार सेवा सञ्चालन गर्न स्वीकृति दिन नसकिने बताएका छन्।जनसंख्या मन्त्रालयले हरेक वर्ष देशभरको स्वास्थ्य सेवाको प्रगतिबारे जानकारी लिन गर्ने वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै उनले तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको सेवा सञ्चालन गर्न अनुमति नदिइने बताए। 'गत वर्ष आफूखुशी घोषणा गरेर स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।...

स्वास्थ्य बिमामार्फत उपचार गराइएको दुई अर्ब भुक्तानी बाँकी

काठमाडौं :  स्वास्थ्य बिमाअन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाहरूले भुक्तानी पाउन सकेका छैनन्। स्वास्थ्य बिमा सेवा दिएबापत सूचीकृत स्वास्थ्य संस्थाहरूलाई सरकारले दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको हो। हाल देशभर ४२९ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमासम्बन्धी सेवा दिइरहेका छन्।स्वास्थ्य बिमा बोर्डले भने बजेट पास नभएको अवस्थामा बिमा सेवा दिएबापत अस्पतालहरूलाई दिनुपर्ने भुक्तानी दिन ढिलाइ भएको बताएको छ।बोर्डका सूचना अधिकारी डा माधव

स्वास्थ्य बिमा सेवा लिनै सास्ती

सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ ।

१४ जिल्लाका ४२ हजारले पाए निःशुल्क स्वास्थ्य बिमा सेवा - Naya Patrika

दुई वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमा सेवा दिइने पैसा नभएकै कारण अब कोही व्यक्ति स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा सेवा...पूरा पढ्नुहोस् »