काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जतिसुकै प्रयास गरे पनि तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको उपचार सेवा सञ्चालन गर्न स्वीकृति दिन नसकिने बताएका छन्।जनसंख्या मन्त्रालयले हरेक वर्ष देशभरको स्वास्थ्य सेवाको प्रगतिबारे जानकारी लिन गर्ने वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै उनले तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको सेवा सञ्चालन गर्न अनुमति नदिइने बताए। 'गत वर्ष आफूखुशी घोषणा गरेर स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका