काठमाडौं : नेपाली कांग्रेस कार्यसम्पादन समितिले मंसिर ४ मा हुने चुनावका लागि तयार गर्ने घोषणा पत्रमा शनिबारसम्म सुझाव संकलन गर्ने भएको छ।कांग्रेसको घोषणापत्र तयारी समितिले शनिबारसम्म सुझाव संकलन गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले एक हप्ताभित्र घोषणापत्र सार्वजनिक गर्ने प्रतिवद्धता पनि जनाएको छ। संविधानको रक्षा गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने प्रतिवद्धता घोषणा पत्रमा समावेश हुने परियारले बताए। कांग्रेसले स्थानीय तहकै चुनावी घोषणा पत्रलाई