लाइसेन्सको लिखित परीक्षामा यस्ता हुनेछन् प्रश्नहरु

काठमाण्डाै – यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा...