काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्मचारीले सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिएर बैंकको विनियमावली बनाइने बताउनुभएको छ ।
आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताउनुभएको हो । उहाँले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्त...