राप्रपा अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। भर्खरै शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै विशेष समय माग्दै रोष्ट्रममा पुगेका लिङ्देनले राजीनामा दिएका हुन्।संसदको चुनाव लागिसके पनि भत्ताका लागि सांसद भइरहन आफ्नै नैतिकताले नदिएको उनले बताए। मंसिर ४ गतेपछि पनि संसदको आयु लम्बाउने तयारी भएपछि राजीनामा दिन बाध्य भएको सुनाए।  

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन र सांसद पाण्डे लेखा समितिमा बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले कुन समितिमा कुन कुन सांसदलाई पठाउने भन्ने टुंगो लगाएको छ । राप्रपाले सांसदहरूलाई संसदीय समिति विभाजन गरेको पत्र सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श शाखामा बुझाएको हो ।

राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिएका छन्।  राप्रपा अध्यक्ष लिङ्देन नवनिर्मित सात दलीय गठबन्धनको बैठकबाट बाहिरिएका हुन्। राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। राप्रपासँग

राप्रपा अध्यक्ष लिङ्देन अब रहेनन् सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने,  मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता […]