काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । सङ्घीय सरकारको नारायणी नदी व्यवस्थापन […]