परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’ महिमाले यो भिडियोमा अरू धेरै