अठतीस जिल्लामा वायरलेस ब्रोडब्याण्ड

नेपाल दूरसञ्चार प्राधिकरणले ३८ जिल्लामा वायरलेस ब्रोडब्याण्ड इण्टरनेट पुर्‍याउन प्रक्रिया शुरू गरेको छ । यसका लागि दुई महिनाभित्र सेवाप्रदायक कम्पनीबाट अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिने भएको छ । अन्तरराष्ट्रिय बोलपत्र मार्फत एक सेवाप्रदायक कम्पनी छनोट गर्ने प्राधिकरणले बताएको छ । वायरलेस ब्रोडब्याण्ड तारविना नै उच्च गतिको इण्टरनेट सेवा सञ्चालन गर्न सकिने प्रविधि हो । ‘तिहारपछि सेवाप्रदायक कम्पनी छनोट गर्न  बोलपत्र आह्वानको तयारीमा छौं, ’ प्राधिकरणका प्रवक्ता कैलाशकुमार न्यौपानेले भने, ‘छनोट हुने कम्पनीलार्इ  निश्चित समय दिएर सेवा विस्तार गर्न  लगाउँछौं ’। सेवाप्रदायक कम्पनी छनोट गर्न प्राधिकरणले एक समितिसमेत गठन गरिसकेको छ । छनोट हुने कम्पनीले प्राधिकरणले तोकेको समयभित्र निश्चित गुणस्तरको सेवासञ्जाल स्थापना गर्नुपर्नेछ । प्राधिकरणले अहिले बोलपत्रमा सहभागी हुने कम्पनीका लागि मापदण्ड तथा विधिहरू तयार गरिरहेको छ । तिहारसम्म यो कार्य सकिने प्राधिकरणले बताएको छ । ३८ जिल्लामा यस्तो सेवा पुर्‍याउन एशियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गर्दै छ । नेपाल सरकार र एडीबीबीच सन् २००८ मा भएको आईसीटी फर डेभलपमेण्ट कार्यक्रमअन्तर्गत यो सेवा सञ्चालन गर्न लागिएको हो । वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पु¥याउने कार्य अन्तिम चरणमा

काठमाडौँ,२८ मँसिर । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको ‘मनिटरिङ’ तथा ‘भेरिफिकेशन’को कार्य सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेशनको […]

७४ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ ।

अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौँ,२७ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको […]

ब्रोडब्याण्ड परियोजनाको काम ९९ % सकियो, ६९५ स्थानिय तहमा पुग्यो इन्टरनेट

माघ २५, काठमाडौं।  नेपाल दूरसञ्चार प्राधिकरणको महत्वाकाँक्षी आयोजना ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको छ ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सञ्चालित परियोजनाहरुको पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ब्रोडब्याण्डको काम ९९ प्रतिशत सकिएको बताएको छ।  यो आयोजनाबाट ग्रामीण क्षेत्रका करीब १५ हजारभन्दा धेरै सरकारी/गैरसरकारी कार्यालयले इन्टरनेट सेवा पाएको  प्राधिकरणले बताएको छ  । ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत ७५ जिल्लाका ( हाल ७७)  १८ ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजका ६५ ओटा जिल्लामा परियोजना शतप्रतिशत सम्पन्न भइसकेको छ ।  त्यस्तै बाँकी दुई ओटा प्याकेजका ९ ओटा जिल्लाको काम ५०  प्रतिशत सम्मपन्न भएको छ ।  कुल ७०२  स्थानिय निकायमध्ये ६९५ स्थानिय निकायका १५ हजार ९९८ साईटमा इन्टरनेट जडान हुनुपर्नेमा १५ हजार ९०३ स्थानमा जडान गरिसकिएको छ। अब ७ स्थानिय निकायका ७९ स्थानमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको पनि प्राधिकरणले बताएको छ । त्यस्तै सोहि कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २५१ स्थानमा  कम्तिमा २० एमबीपीएस गतिको नन् डेडीकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ स्थानिय निकायमध्ये ७१ स्थानिय निकायसँग सम्झौता सम्पन्न भएको छ।   भूकम्पबाट अतिप्रभावित ८ जिल्ला  (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नवुाकोट, दोलखा, सिन्धुली,  रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।  ती जिल्लाका स्थानीय तह,  वडा कार्यालयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्थ्य संस्थाहरु र सम्पूर्ण आधारभुत विद्यालयहरु गरी ४ हजार २५१ स्थानहरुमा   ७१ ओटा स्थानिय तहमा सेवा उपलब्ध भएको छ । अतिप्रभावित  ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ ओटा जिल्लाका सामुदायिक  आधारभुत विद्यालयमा  कम्तिमा २० एमबिपीएस गतिको नन्डेडीकेटेड  ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ स्थानिय तहमध्ये २८० स्थानीय तहमा सम्झौता भएको छ ।  प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटको क्षमता बढाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् ।उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडाकार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच […]

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट क्षमता अभिवृद्धि गरिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित ८ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए । सञ्चार मन्त्रालयद्वारा मंगलवार स्थानीय तहमा इन्टरनेट...

तराईका यी आठ जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं । तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ