दूरसञ्चारले १० जिल्लामा सक्यो ब्रोडब्याण्ड इन्टरनेट जडान, नचले जानकारी गराउन आग्रह

काठमाडौं। ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालनबाट नेपाल दूरसञ्चार प्राधिकरणले १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सकेको छ।  निजी कम्पनीलाई

सम्बन्धित सामग्री

देशभर पाँच सय १२ स्थानीय निकायमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु-याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो । यस सम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेको र हालसम्म ७२ दशमलव ९३ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ । विभिन्न १२ वटा प्याकेज अन्तर्गत देशका ४६ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्येमा हालसम्म ११ हजार २१३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । हालसम्म ५१२ स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न भएको छ । यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्येमा हालसम्म चार हजार २१३ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्येमा हालसम्म तीन हजार ५०५ स्थान र चार हजार १२२ स्वास्थ्य संस्थामध्येमा हालसम्म दुई हजार ९८३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएका छन् ।