७४ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ ।

सम्बन्धित सामग्री

अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौँ,२७ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको […]

ब्रोडब्याण्ड परियोजनाको काम ९९ % सकियो, ६९५ स्थानिय तहमा पुग्यो इन्टरनेट

माघ २५, काठमाडौं।  नेपाल दूरसञ्चार प्राधिकरणको महत्वाकाँक्षी आयोजना ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको छ ।  प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सञ्चालित परियोजनाहरुको पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ब्रोडब्याण्डको काम ९९ प्रतिशत सकिएको बताएको छ।  यो आयोजनाबाट ग्रामीण क्षेत्रका करीब १५ हजारभन्दा धेरै सरकारी/गैरसरकारी कार्यालयले इन्टरनेट सेवा पाएको  प्राधिकरणले बताएको छ  । ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तरगत ७५ जिल्लाका ( हाल ७७)  १८ ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजका ६५ ओटा जिल्लामा परियोजना शतप्रतिशत सम्पन्न भइसकेको छ ।  त्यस्तै बाँकी दुई ओटा प्याकेजका ९ ओटा जिल्लाको काम ५०  प्रतिशत सम्मपन्न भएको छ ।  कुल ७०२  स्थानिय निकायमध्ये ६९५ स्थानिय निकायका १५ हजार ९९८ साईटमा इन्टरनेट जडान हुनुपर्नेमा १५ हजार ९०३ स्थानमा जडान गरिसकिएको छ। अब ७ स्थानिय निकायका ७९ स्थानमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको पनि प्राधिकरणले बताएको छ । त्यस्तै सोहि कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २५१ स्थानमा  कम्तिमा २० एमबीपीएस गतिको नन् डेडीकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ स्थानिय निकायमध्ये ७१ स्थानिय निकायसँग सम्झौता सम्पन्न भएको छ।   भूकम्पबाट अतिप्रभावित ८ जिल्ला  (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नवुाकोट, दोलखा, सिन्धुली,  रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।  ती जिल्लाका स्थानीय तह,  वडा कार्यालयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्थ्य संस्थाहरु र सम्पूर्ण आधारभुत विद्यालयहरु गरी ४ हजार २५१ स्थानहरुमा   ७१ ओटा स्थानिय तहमा सेवा उपलब्ध भएको छ । अतिप्रभावित  ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ ओटा जिल्लाका सामुदायिक  आधारभुत विद्यालयमा  कम्तिमा २० एमबिपीएस गतिको नन्डेडीकेटेड  ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ स्थानिय तहमध्ये २८० स्थानीय तहमा सम्झौता भएको छ ।  प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटको क्षमता बढाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् ।उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडाकार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच […]

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट क्षमता अभिवृद्धि गरिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित ८ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए । सञ्चार मन्त्रालयद्वारा मंगलवार स्थानीय तहमा इन्टरनेट...

देशभर पाँच सय १२ स्थानीय निकायमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु-याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो । यस सम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेको र हालसम्म ७२ दशमलव ९३ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ । विभिन्न १२ वटा प्याकेज अन्तर्गत देशका ४६ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्येमा हालसम्म ११ हजार २१३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । हालसम्म ५१२ स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न भएको छ । यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्येमा हालसम्म चार हजार २१३ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्येमा हालसम्म तीन हजार ५०५ स्थान र चार हजार १२२ स्वास्थ्य संस्थामध्येमा हालसम्म दुई हजार ९८३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएका छन् ।

तराईका यी आठ जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं । तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ