सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन […]
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ‘क्वालिफायर–१’ को महत्त्वपूर्ण भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) सामु जितका लागि २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। सरोकारवाला निकाय, सांसदहरू र निजी क्षेत्रबाट प्राप्त सुझावलाई समेट्दै अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने तयारी गरिरहेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनका सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र तथा सरकारको सुशासनसम्बन्धी मार्गचित्रलाई मुख्य आधार बनाउँदै बजेट तयार गरिरहेका छन्। […]
काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार […]