संघीयता लागू भइसकेपछिको दोस्रो कार्यकालका लागि आज स्थानीय तहको निर्वाचन हुँदै छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएको र तिनको कामकारबाहीले तत्कालै प्रभाव पारिहाल्ने भएकाले पनि यो निर्वाचनप्रति आकर्षण र अपेक्षा निकै छ । निर्वाचन नजिकिँदै गर्दा, काठमाडौं तथा अन्य सहर र भारत–नेपाल सीमामा मतदानका लागि गाउँ फर्कनेहरूको लाम लागेको थियो ।