स्वच्छ र सक्षम प्रशासनको खाँचो

प्रशासन सेवामुखीभन्दा सुविधामुखी, परिणामभन्दा प्रक्रियामुखी, जवाफदेही र जिम्मेवारी पन्छाउने, सेवकभन्दा शासक बढी भएको गुनासो सत्यको नजिक छ । शासन प्रणालीमा नैतिकता, सदाचार, इमानदारिता र चुस्तताले मात्र पारदर्शिता र सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । नेपालको संविधान, २०७२ को धारा ५१ ख (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट […]