बुटवलमा अक्सिजन बैंक स्थापना,आबश्यक परे तत्काल उपलब्ध

अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना सङ्क्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ । यस्तो बैंकमा अक्सिजन सहितका सिलिण्डरको संग्रह हुनेछ । अत्याबश्यक अवस्थामा अक्सिजन उपलब्ध हुनेछ । स्थापनाकै दिन बैंकमा एक सय सिलिण्डर जम्मा भएका छन् । बुटवल उपमहानगरपालिकाले यस्तो बैंक स्थापना गरेको हो । मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो ।