कोरोनाका कारण चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ । कामको सिलसिलामा...

सम्बन्धित सामग्री

निषेधाज्ञाले छेकेन विकास

पर्वत । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला पर्वतमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ । यसैगरी मोदी खोलामा निर्माणाधीन तीनओटा जलविद्युत् आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको काम सुचारु छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नियमित रूपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ । जिल्लामा संघ र प्रदेश सरकारमार्फत ग्रामीण सडकमा कालोपत्र गर्ने कार्य पनि भइरहेका छन् । मध्य पहाडी लोक मार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले असारसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिए । ‘असारसम्म सडक निर्माण सक्ने अन्तिम म्याद दिएका छौं,’ मरासिनीले भने, ‘तोकिएको अवधिभित्र काम सम्पन्न गर्न ताकेता गरिरहेका छौं ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कामदार खटिएको उनले बताए । पहिलो लहरको कोरोनाकालमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरमा भने मजदूर कार्यस्थलमै छन् । मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले अहिले सुरुङको फिनिसिङ, पावर हाउसको पर्खाल उकास्ने लगायत कामहरू भइरहेको जानकारी दिए । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्या देखिएको आचार्यले बताए । ‘आन्तरिक रूपमा निर्माण गर्दा खासै समस्या छैन, निर्माण सामग्री ढुवानीमा भने अलि अप्ठ्यारो भएको छ,’ उनले भने । मौज्दात रहेको सामग्रीले काम अघि बढाइएको उनको भनाइ छ । पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणमा पनि कोरोनाले खासै प्रभाव नपारेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । पूर्वाधार कार्यालयमार्फत पर्वतमा १४ ओटा सडकको कालोपत्र र स्तरोन्नति हुँदै छ । ‘गतवर्ष कोरोनाका कारण गाउँ पस्नै समस्या थियो,’ आचार्यले भने, ‘यो वर्ष त्यस्तो समस्या नभएकाले काममा खासै समस्या भएको छैन ।’ जिल्लामा संघ, प्रदेश र स्थानीय सरकार मार्फत सिँचाइ, खानेपानी, विद्युत् लाइन, ढल निकास, सडक विस्तार, औद्योगिक क्षेत्र स्थापना लगायत काम भइरहेका छन् । गतवर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष शुरू गरेका छन् । गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन् । तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ ।

एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किए

काठमान्डाैं / कोरोनाका कारण विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार मंगलबार ११ जना र बुधबार एक जना केरुङबाट रसुवागढी आई आ–आफ्नो घर फर्किएका हुन् । व्यापार व्यवसायका लागि केरुङमा नै बसोबास गरिरहेका जिल्लाभित्र र बाहिरका नेपालीहरू कोभिडका कारण लगाइएको लकडाउनले गर्दा घर फर्कन सकिरहेका थिएनन्... The post एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किए appeared first on Purbeli News.

पाँच देशबाट १५ सय ५१ नेपाली घर फर्किए, सबैभन्दा धेरै यूएईबाट तीन उडान

काठमाण्डौ – आज विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । आज सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरल...