पाँच देशबाट १५ सय ५१ नेपाली घर फर्किए, सबैभन्दा धेरै यूएईबाट तीन उडान

काठमाण्डौ – आज विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । आज सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरल...