काठमाडौं । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ । टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए । खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार […]