फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

सम्बन्धित सामग्री

फिफा द बेस्टको मनोनयन सार्वजनिक, मेस्सी र एम्बाप्पे मुख्य दावेदार

२९ पुस, काठमाडाैं । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा पर्ने खेलाडीको टुंगो लगाएको हो । आफूलाई मन पर्ने खेलाडीलाई मतदान दिनका लागि सर्वसाधारणले ३ फेब्रुअरीसम्म फिफा प्लस एपमार्फत […]

पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाण्डाै - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीए...

अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै - फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात प...

गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडी...