अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै - फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात प...