काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो ।
दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे ।
फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडी...