दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत पुगेकी थिएँ । यतिधेरै मान्छे कहाँ–कहाँबाट आएका थिए । सायद ७७ जिल्लाका मान्छे आउनुहुन्छ सर्वोच्च अदालतको नोटिस बोर्ड हेर्न ।यो न्यायको संरक्षण गर्ने निकाय हो । त्यो नोटिस बोर्ड हेरिसकेपछि साढे १२ पछि त मान्छे नै छैनन् । बस्दै बसेनन् । के सुन्ने हामीले ? भर्याङ उक्लिँदैछौँ, मान्छेले सोध्छन्, &lsquo