काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएसँगै टोखा नगरपालिकामा हिजोसम्म १२ जनाको मृत्यु भएको छ। ४ हजार ९९० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए। अक्सिजनको अभाव भएको कारण स्वास्थ्य मन्त्रालयलाई अक्सिजन प्लान्ट निर्माण गर्न अनुरोध गरको अधिकारीले बताए ।