उत्तर कोरियाले शनिवार र आइतवार लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।
विश्लेषकहरूका अनुसार, यसबाट उत्तर कोरियाको हतियार प्रविधि निकै विकसित भइसकेको संकेत पाइन्छ । उसले शत्रुको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई समेत छल्दै दक्षिण कोरिया वा जापानमा क्षेप्यास्त्र खसाउन सक्ने भएको छ । त्यसैले उत्तरको यो पछिल्लो परीक्षणबाट आफ्ना साझेदारहरू जोखिममा परेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।
ती क्षेप्यास्त्रहरू १५ सय किलोमिटर टाढा पुगेर तारोलाई प्रह...