टीकापुर बजार क्षेत्रको १२५ कट्ठा सरकारी जग्गा नेता, कार्यकर्ता र आफन्तलाई बाँडेको अभियोगमा अख्तियारले कांग्रेस, एमाले र माओवादीका स्थानीय नेतामाथि मुद्दा चलाएको छ । तर, यो प्रकरणमा मुछिएका रेशम चौधरी र डा. आरजु राणा देउवा प्रतिवादी नै बनाइएका छैनन् ।