हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये (राँगो) जात्रा को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गरिन्छ।
हरेक वर्ष साँझको समयमा हुने खम्ये जात्रा यसपटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै दिउँसो खम्येलाई दौडाउँदै ब्रम्हायणी पुर्याइयो।
नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलाई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर…