३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ । खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न लगाउन आग्रह गरेको छ । […]