नेपालमा कृषि कर्जा सम्मेलन २०२२ को आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा यही चैत्र ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा कृषि कर्जा सम्मेलन आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कृषकहरुलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउनुका साथै कृषि सम्बन्धी ज्ञान प्रदान गर्ने गरी कृषिसंवाद प्रदर्शनी चलाउन लागेको जानकारी दिएको छ । ‘कृषकहरुसँगको स