अबदेखि त्रिभुवन विमानस्थल गेटबाटै टर्मिनल भवनसम्म नि:शुल्क सवारी सेवा

काठमाडौं : अब त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारीसाधनको व्यवस्था गरिएको छ। प्लेनको टिकटभन्दा ट्याक्सी भाडा महँगो भएको गुनासो आएसँगै नि:शुल्क सटल बस(माइक्रो) बस सञ्चालनमा ल्याएको पर्यटन मन्त्रालयले जनाएको छ। टर्मिनल भवनबाट गेटसम्म का लागि ३ वटा माइक्रो बस सञ्चालनमा ल्याएको छ। बुधबार बिहान टर्मिनल भवनबाट गोल्डेन गेटसम्म माइक्रोबसमा चढी सो सेवाको औपचारिक सुरुवात गरेका थिए। यात्रुका समस्यालाई सम्बोधन गर्नका लागि सो बस सञ्चालनमा ल्

सम्बन्धित सामग्री

‘बम भेटिएको छैन, नर्मलाइज गर्दैछौँ’ : त्रिभुवन विमानस्थल

काठमाडौँ – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बम अहिलेसम्म नपाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। बुधबार बिहान विमानस्थलको आन्तरिक टर्मिनलमा आठवटा बम राखिएको हल्ला पछि सुरक्षाकर्मीले टर्मिनल भवन खाली गराएको थियो। सुरक्षाकर्मीले बम डिस्पोजल टोली लगेर यात्रुको सुरक्षाको लागि काम गरिरहेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालयन कुमार श्रेष्ठले देश सञ्चारसँग भने ‘अहिलेसम्म बम […]

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा उड्डयन क्षेत्रको विकास क्रम

वि.सं. २००६ मा भारतीय राजदूत सरजित सिंहको चारसीटे जहाज पहिलोपटक गौचरणमा अवतरण वि.सं. २००७ मा पहिलोपटक हिमालयन एभिएसनको ड्याकोटा जहाज गौचरणबाट कलकत्तासम्म चार्टर्ड उडान वि.सं. २०१२ मा राजा महेन्द्रबाट गौचरण विमानस्थलको औपचारिक उद्घाटन भई त्रिभुवन विमानस्थलमा रूपान्तरण वि.सं. २०१४ मा नागरिक उड्डयन विभाग गठन र विमानस्थलको घाँसे धावन मार्गको कालोपत्र वि.सं. २०१५ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको नियमित हवाई (आन्तरिक र बाह्य) सेवा शुरू वि.सं. २०१६ मा प्राधिकरण संस्थानमा परिणत वि.सं. २०१७ मा प्राधिकरणले अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक संस्था आईकाओको सदस्यता लिएको वि.सं. २०२१ मा त्रिभुवन विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा परिणत विमानस्थलको ३ हजार ७५० फिट लामो धावनमार्ग ६ हजार ६०० फिटमा विस्तार वि.सं. २०२४ मा जर्मनीको लुफ्थान्सा बोइङ–७०७ काठमाडौंमा अवतरण वि.सं. २०२५ देखि नेपाल–थाइल्याण्ड नियमित हवाई सेवा शुरू वि.सं. २०२९ मा नेपाल एयरलाइन्सको पहिलो बोइङ ७२७–१०० बाट हवाई सेवाको थालनी । सोही वर्षदेखि नेपाली एटीसी प्राविधिकबाट समेत सेवा शुरू वि.सं. २०४६ मा पहिलोपटक अन्तरराष्ट्रिय टर्मिनल निर्माण सम्पन्न वि.सं. २०४९ मा उद्धार उड्डयन नीति लागू र आन्तरिक हवाई सेवामा निजीक्षेत्रको प्रवेश शुरू विंसं. २०५१ देखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि स्थान छनोट अध्ययन प्रक्रिया आरम्भ वि.सं. २०५७ मा नागरिक उड्डयन नीति लागू वि.सं. २०५२ मा आन्तरिक टर्मिनल भवन विस्तार २०५९ मा एयर कार्गाे सेवा शुरू वि.सं. २०६२ देखि निजी हवाई सेवा प्रदायकबाट अन्तरराष्ट्रिय हवाई सेवा शुरू वि.सं. २०६३ मा नयाँ हवाई नीति निर्माण वि.सं. २०६४ मा इतिहाद, ड्र्यागन, सिल्क, ओरियन्ट, थाई र हङकङ एक्सप्रेसद्वारा अन्तरराष्ट्रिय सेवा शुरू वि.सं. २०७० देखि विमानस्थलमा स्वचालित उपकरण तथा मेशिन जडान गर्ने योजना सार्वजनिक वि.सं. २०७१ मा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू वि.सं. २०७४ मा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ वि.सं. २०७५ मा भट्टे डाँडामा राडर जडान वि.सं. २०७५ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन वि.सं. २०७५ मै धनगढी विमानस्थलमा रात्रिकालीन उडान, सिमरा पनि थप वि.सं. २०७५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टमा रूपान्तरण पोखरा, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ वि.सं. २०७७ मा प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा विमानस्थल निर्माण शुरू विराटनगर विमानस्थल जस्ता अन्य विमानस्थलमा संघीय सरकारको लगानी पनि हुनेगरी आन्तरिक विमानस्थलमा स्थानीय र प्रदेश सरकारको स्वामित्व हुनेगरी निर्माणमा समझदारी

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड विनियोजन

काठमाण्डौ - सरकारले आउँदो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । भैरहवामा निर्माण भइरहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन बनाउने र सञ्चालन गर्ने बजेटमा उल्लेख छ । त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय ...