माओवादी महाधिवेशनको पहिलो वक्ताले हँसाएपछि...

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले नेताहरूको नाम, पद र पार्टी गलत भनेपछि नेताहरूले मुखामुख गर्ने स्थिति बन्यो । सम्बोधनको शुरूमा मञ्चमा आसीन नेताहरूको नाम लिने क्रममा उनले एमाले महासचिवको नाम गलत भनिन् भने माधव नेपाल र उपेन्द्र यादवको पार्टीको नाम सही भन्न सकिनन् । उनले एमाले महासचिव भनेर ईश्वर पोखरेलको नाम लिइन् । जबकि मञ्चमा एमाले महासचिव शंकर पोखरेल उपस्थित थिए । ईश्वर पोखरेल अहिले एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । त्यसैगरी उनले माध...

सम्बन्धित सामग्री

माओवादी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदनः मातृका यादव

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताए । ‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, यादवले भने । महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदन […]

माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रको यस्तो छ पारित समसामयिक प्रस्ताव (पूर्णपाठसहित) ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल […]

माओवादी महाधिवेशनको आजको बन्दसत्र शुरू

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आइतवारको बन्दसत्र शुरू भएको छ ।  खाजा समयका लागि केहीबेर बन्दसत्र स्थगित गरिएको थियो ।  सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा बसेको थियो ।  स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र शुरू गरिएको हो ।  नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ । निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।

माओवादी महाधिवेशनको छैठौं दिन: बन्दसत्रमा तीन आयोगको प्रतिवेदन प्रस्तुत हुँदै

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको छैठौं दिनको बन्दसत्र शुरू भएको छ ।  बन्दसत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिने भएका छन् । प्रचण्डले महाधिवेशनमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।  उक्त प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो । सबै समूहले प्रचण्डको प्रतिवेदनमा छलफल गरेर पालैपालो निष्कर्ष प्रस्तुत गरेका छन् ।  आजको बन्दसत्रमा निर्वाचन, अन...

महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको प्रस्तुति चल्दै

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्दसत्रको चौथो दिनको कार्यक्रम बिहीबार विहानबाट सुरु भएको छ। बन्दसत्र विहान ११ बजेबाट सुरु भएको छ। अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महाराको...

माओवादी महाधिवेशनको पाँचौ दिन, बाँकी १४ समूहको निष्कर्ष प्रस्तुति शुरू

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौं दिन बिहीवार पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न शुरू भएको छ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो ।  बुधवारबाट समूहको निष्कर्ष प्रस्तुत गर्न थालिएको थियो । बुधवार जम्मा ११ वटा समूहले मात्रै निष्कर्ष सुनाउन भ्याएका थिए । बिहीवार बाँकी १४ वटा समूहको निष्कर्ष प्रस्तुत हुँदैछ । बुधवार समूहका निष्कर्ष प्रस्तुत गर्नेहरूले प्रचण्ड...

माओवादी महाधिवेशनको बन्दसत्र : प्रचण्ड युग घोषणा गर्न प्रस्ताव

१४ पुस, काठमाडौं । राजधानीमा जारी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ‘प्रचण्ड युग’को घोषणा गर्ने प्रस्ताव आएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा बुधबार वागमती प्रदेशका टोली नेता सरल सहयात्रीले प्रचण्ड विचार र प्रचण्ड युग घोषणाको प्रस्ताव राखेका हुन् । प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीमा छलफल […]

तस्बिरमा हेर्नुहोस् माओवादी महाधिवेशनको बन्दसत्र

नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीमा सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन भएको माओवादीको सोमबारदेखि बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यक्रम छ ।सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैर भौगोलिक

माओवादी महाधिवेशनको बन्दसत्र सोमबार ११ बजेदेखि

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँमा सम्पन्न भएको हो । उद्घाटन सत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । माओवादी यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।