हेटौंडा : हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक करिब २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।अविरल वर्षासँगै आएको बाढी र पहिरोले शनिबारदेखि अवरुद्व बनेको हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग २० घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो। यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र