काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज साेमवार भएकाे अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे छ । आयरल्यान्डले दिएकाे एक सय २८ रनकाे सामान्य लक्ष्य पछ्याएकाे नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा सीमित भएकाे हाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले २३ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आयरल्यान्डका मार्क ऐडर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रेनले दुई–दुई विकेट लिए ।यसअघि अल अमिरातमा ...