काठमाडौँ- स्टार खेलाडी केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोलले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गरे । जितसँगै पीएसजीले १८ खेलमा ४५ अंकसहित शीर्ष स्थानमा यथावत छ ।