सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा ईन्जिनियर राजेश कुश्वाहामाथि दुर्व्यवहार गरेको विरोधमा रौतहटका ईन्जिनियरहरुले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् ।खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख ई. कुशवाहा लगायतका कर्मचारीमाथि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्तिक ४ गते जनकपुरमा दुर्व्यवहार गरेका थिए ।ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार निन्दनीय हुनुको साथै समाज र देशमा उद्दण्डता, अराजकताको पराकाष्टा भएको उल्लेख