अनेमसङ्घद्वारा झाँक्रीलाई कारवाहीको माग गर्दै ज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई अलग अलग ज्ञापनपत्र बुझाएर अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अशोभनीय टिप्पणी’ गर्ने निवर्तमान सांसद रामकुमारी झाँक्रीलाई कारवाही गर्न माग गरेको छ ।