लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज मध्यान्ह सो पार्टीको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठकमा मुख्यरुपमा संगठन विस्तार र पार्टी विधानको बारेमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।उनले भने– ‘पार्टीको मुख्य काम संगठन विस्तार बाँकी नै छ, त्यसको बारेमा छलफल हुनुको साथै पार्टीमा विधानको मस्यौंदा प्रस्तुत भएको छ, त्यसको बारेमा पनि छलफल हुन्छ ।’ पार्टीको केन्द्रीय समिति लगायत अन्य भातृसंगठनको ज