काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए। अहिले पनि त्यस क्षेत्रका १८-१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । […]