काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
आज आइतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाण्डाैमा आयोजित केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै नागरिकलाई स...