नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् ।
उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे ।
शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।&rs...