उद्योग वाणिज्य महासंघद्वारा अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ । आइतबार महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्री शर्मालाई भेटी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका भूमिका निभाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र वहुप्रतिक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै अर्थमन्त्रीको

सम्बन्धित सामग्री

अर्थतन्त्रका विषयमा सबै पक्षबीचको छलफलले मनोबल बढाउँछ : निजी क्षेत्र

काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने  निजी क्षेत्रले बताएको छ। मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद

आन्दोलनरत निर्माण व्यवसायीका जायज माग सम्बोधन गर : नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्वरा विभिन्न माग राखि भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।  महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ, 'कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्फ सरकार सम्वेदनशील हुनु जरुरी छ ।' बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिंदा सरकारको पूँजीगत खर्च पनि हुन नसकेको तथा जनताले पनि सुविधा पाउन नसकेको बताएको छ । गत बर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएको भन्दै यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश नगएको  भनेको छ ।  'विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ,' विज्ञप्तीमा थप भनिएको छ । निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको छ । राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेको महासंघको भनाई छ ।

महासंघलाई सबैको पहुँचमा पुर्‍याउँछु : श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका छन् । श्रेष्ठले धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौं प्रदेश सभालाई सम्बोधन गर्दै आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने बताए । “अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्या सुनिनु पर्दछ र यसका […]

चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न एफएनसीसीआईको माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ। मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन […]

राज्यको ढुकुटीको रकम खर्च गर्न नसक्दा आर्थिक संकट आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यको ढुकुटीमा रहेको रकम खर्च गर्न नसक्दा देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन् । अहिले देशको अर्थतन्त्रमा गम्भीर समस्यामा आइपरेकोले समयमै समाधान नखोजिए मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने संभावना औंल्याए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारीले […]

अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन : गोल्छा

२१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताए । सोहीकारण यसमा निजी क्षेत्रको भूमिका नरहने उनको […]

अर्थतन्त्रको चिन्ता : सरकारी नीति तथा कार्यक्रममा नै खोट

मुलुकको खस्कँदो अर्थतन्त्र, बढ्दो व्यापार घाटा, घट्दो रेमिटेन्स र विदेशी मुद्राको सञ्चिती र लगानी योग्य पुँजी (तरलता अभाव) को मुद्दामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।बुधबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा संकटउन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान विषयमा सरोकारवाला व्यक्तिहरुबीच बृहत् छलफल चलाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिलेको समस्या आउनुमा सरकारी संयन्त्र, काम गर्ने तौर तरिका, नीति तथा कार्यक्रम नै मुख्य दोषी रहेको औंलाएका छन् ।सरकारी

निजी क्षेत्रलाई खोपको व्यवस्था गर्न दबाब

काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।

निजी क्षेत्रलाई खोपको व्यवस्था गर्न दबाब

काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।