राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका छन् । ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, बुधबार राप्रपा महाधिवेशनको उद्घा