दार्चुला – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज शुक्रवार दार्चुलामा उद्घाटन गर्दै उहाँले यो धारणा राख्नुभएको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताका रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इन्च पनि छोड्दै...