जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेका छन् । वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तर सो निर्णयलाई बाबुराम पक्षले हास्यास्पद निर्णय भनेको छ । बाबुराम पक्षका नेता प्रशान्त सिंहले भने, ‘उपेन्द्रजीले आज गर्नुभएको निर्णय हास्यास्पद हो, पार्टीबाट कसैलाई कारवाही गर्दा वा निकाल्दा त्यसको विधि र प्रकृया हुन्छ । जसपा उपेन्द्र यादवको प्राइभेट कम्पनी हो