मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको सहमति प्रचण्डले ढाकछोप गरिरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले २०६० साल पुसमा भएको सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएको दाबी गरे। प्रचण्ड र पूर्वराजाबीच पुस १८ गते राति सहमति भएपछि ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रममा निस्किएको ओलीले दावी गरेका […]