शीर्ष र सर्वोच्च, दुवै भुइँमान्छेको पहुँचभन्दा निकै माथिको ठाउँ । दुवैको धरातल हाराहारी भए पनि कहिले शीर्षले आफूलाई सर्वोच्चभन्दा ठूलो ठान्छ, कहिले सर्वोच्चले आफूलाई शीर्षभन्दा ठालु भन्छ । कहिले दुवै आपसमा ठूलो र ठालुको पद साटफेर र मोलमोलाई गरेर अरुलाई ठेलम्ठेल गर्छन् । अनि कालो कोट र दौरा फुकालेर सडकमा गाईजात्रा देखाउँछन् ।सबैले घामजत्तिकै छर्लङ्ग बुझेको कुरा हो कि हरेक दलका माउ नेता आफूलाई शीर्ष भन्छन् र भुइँमान्छेको टाउकोमाथि बसेर गीर खेल्छन् । अनि सर्वोच्चमा पुग्ने न्यायाधीश र वकिल पनि आफूलाई शीर्ष नै ठान्छन् र तिनै शीर्षहरु...