प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितको राहत, उद्धारका लागि १७ घण्टा व्यस्त रहेको जनाएका छन् । उनले शुक्रबार राति ११:४७ बजे भूकम्प महसुस गरेपछि राति १ बजेसम्ममा स्थानीय निकाय, प्रशासन र सुरक्षा अंगहरुबाट भूकम्प गएको स्थान र त्यसले पुर्याएको क्षतिका बारेमा जानकारी लिए ।