बाँझो जग्गाको सदुपयोग गर्न गलकोटमा थालियो नयाँ प्रविधिमा आधारित ओखर खेती

गलकोट : बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ। नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ। गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ। जनताको आर्थिक विकासमा…

सम्बन्धित सामग्री

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी : सञ्चारमन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्।आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन्।उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि बताइन्। उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको

लोकसेवाको डेटा हराउनु सामान्य कुरा होइन

आजको युग विस्तारै सूचना प्रविधिमा विस्तारित भइरहेको छ। यसको सदुपयोग एकातिर छ भने यसको दुरुपयोग दिनानुदिन बढ्दै छ। प्रविधिको जमानामा हामीले यो प्रविधिलाई कसरी आत्मसाथ गरेका छौँ। पछिल्लो समयमा विभिन्न प्रकारका आर्थिक कारोबार तथा काम सूचना र प्रविधि अर्थात् कम्प्युटरको माध्यमबाट गर्ने गर्दछौँ। यसलाई सुरक्षित राख्न नसक्दा वा सुरक्षित रूपमा प्रयोग गर्न नजान्दा धेरैले दुःख […]

बाँझो जग्गामा ओखर खेती

बागलुङ- गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न  नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक व...

बाँझो जग्गामा ओखर खेती

बागलुङ- गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न  नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक व...

प्रविधिमा महीलाको पहुँच र डिजिटल साक्षरता एक साथ आवश्यक : उपप्रमुख डंगोल

काठमाडौं। महीलाहरूका लागि  प्रविधिमा पहुँच र डिजिटल साक्षरताका कार्यक्रम एकैपटक सञ्चालन गर्नुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको क्षमता विकास कार्यक्रममा बोल्दै उनले भनिन्, 'प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय पहुँच सँगै थाहा हुनुपर्छ । धेरै व्याक्तिले सामाजिक सञ्जाल चलाउनुहुन्छ । त्यसमा के गर्नु हुन्छ? र के गर्नु हुँदैन भन्ने धेरैलाई थाहा छैन । कहिलेकाहीँ नजानेर त्यसबाट सिर्जित समस्यामा फस्ने सम्भावना हुन्छ ।' 'सूचना प्राप्त गर्ने अधिकारसँग केही दायित्व जोडिएका छन् । ती दायित्व पूरा गरेपछि मात्र प्रविधिको सदुपयोग हुन्छ । मोवाइलले मान्छेलाई चलाउने होइन मान्छेले आवश्यक परेका बेला मोवाइल चलाउन सकोस् । सामान्य विषय हो । यहीँबाट सदुपयोगको प्रयास थाल्नुपर्छ,' उनले थपिन्।   'हातमा प्रविधि आइपुगेको छ । प्रयोग गर्ने विधि नजानेर वा गलत प्रयोग गरेर महीलाहरू हिँसा र जोखिममा पर्ने गरेको घटनाले देखाएका छन् ।' विषयमा स्पष्ट पार्दै सामाजिक विकास विभागका निमित्त प्रमुख गोपालप्रसाद पोखरेलले भने, 'सहरमा यस्तो अवस्था हुनु हुन्न भनेर हामीले साइबर अपराध र कानुनी प्रबन्धमा विषयमा क्षमता विकास कार्यक्रम चलाएका हौँ ।' एक दिवसीय गोष्ठीमा प्रहरी निरीक्षक पशुपति रायले साइबर अपराधका विषयमा र सूचना आयोगका सदस्य कमला ओलीले सूचनाको हकका विषयमा प्रस्तुतिकरण गर्नेछन् । यस्तै डा. राजु अधिकारीले सकारात्मक सोचका विषय प्रस्तुतिकरण गर्ने छन् । कार्यक्रममा प्रस्ताव लेखन तालिमका स्रोत व्यक्ति र सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

विदेशमा शीप सिकेर स्वदेशमा उद्योग सञ्चालन

महेन्द्रनगर (अस) । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तीनजना दाजुभाइले विदेशमा सिकेको शीप सदुपयोग गर्दै महेन्द्रनगरमा आल्मुनियमका झ्यालढोका बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । गाउँपालिका–१ का युवा सन्तोष सुनार, दिनेश सुनार र नरेश सुनारले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । तीन दाजुभाइले जर्मनी प्रविधिमा आधारित मेशिन जडान गरी ‘ब्रह्मा एसएनडी युपिभिसी झ्यालढोका उद्योग’बाट उत्पादन शुरू गरेका हुन् । ५० लाखभन्दा बढी लगानीमा शुरू भएको उद्योगको बुधवार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख विष्टले युवाशक्ति विदेश पलायन हुनुभन्दा सिकेको शीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नतितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले युवा पुस्ताले शीप, श्रम, प्रविधि, पूँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने सुझाए । साथै  युवा उद्यम प्रवद्र्धन कार्यक्रममा नगरपालिकाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे । उद्योगका निर्देशक दिनेश सुनारले उच्च आधुनिक प्रविधियुक्त आल्मुनियम उद्योग कञ्चनपुरमै पहिलो भएको बताए । उनका अनुसार उद्योगबाट दैनिक २०० ओटासम्म झ्यालढोका उत्पादन भइरहेको छ । उनका साइला दाजु नरेश सुनार ७ वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । त्यहाँ उनी ढोका तथा झ्याल निर्माण गर्ने उद्योगमा कार्यरत थिए । कोभिड महामारीका कारण २ वर्षअघि उनी स्वदेश फर्किएका थिए । कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाइसँग मिलेर उद्योग सञ्चालन गरेका हुन् । ‘मैले विदेशमा हुँदा यही काम गरेको हुँ,’ उनले भने, ‘विदेशमा गर्ने काम आफ्नै गाउँठाउँमा गर्नेबारे पहिल्यैदेखि सोच्थेँ, जुन अहिले पूरा भएको छ ।’ उद्योगमा उत्पादित वस्तु सुदूरपश्चिम प्रदेशभर खपत भइरहेको भन्दै उनले निकट भविष्यमै उद्योगको क्षमता र विक्री सेवा विस्तार गरिने बताए ।

रसुवामा नमूना सिँचाइ योजना निर्माण

रसुव । रसुवाको कालिका गाउँपालिका अन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँमा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ । २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले संघीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याइँदै छ । यससँगै कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।       हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी संकलनका लागि पाँच/पाँच हजार लिटर क्षमताका ४८ ओटा संकलन ट्यांकी निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए । उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्यांकीसमेतका संरचना निर्माणमा १ करोड हाराहारीमा खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । वर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सिँचाइ सुविधा सहज हुने भएको छ । पहिला निर्माण भएको सिँचाइ संरचना २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । रासस

सूचना प्रविधिमा अवसर: घरमै बसीबसी डलर

गोरखाको शहीद लखन गाउँपालिका ८ का केदार अधिकारी १० वर्षअघिसम्म पोखरामा कम्प्युटर इन्स्टिच्युट र साइबर चलाएर बस्नुहुन्थ्यो । कम्प्युटरसम्बन्धी काम बढ्दै गएपछि ल्यापटप किन्नुभयो । ल्यापटप त किनियो, तर यसको सदुपयोग कसरी गर्ने भन्नेमा उहाँलाई अलमल भयो । त्यतिबेला अहिलेजस्तो इमेल, इन्टरनेट, यूट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल सब...

कृषि प्रविधिमा काम गर्ने दुई नेपाली संस्थालाई अमेरिकी अवार्ड

अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमले आज आफ्नो विश्‍व्यापी डाटा-ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्‍वभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ। ती संस्थाहरूले कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्‍चार प्रविधिको सदुपयोग गर्ने नवीनतम उपयहरू अपनाउँदै आएका छन्।