लुम्बिनी विकास कोषको पदाधिकारीमा सक्षम व्यक्तिभन्दा आफू र पार्टीगत अनुकूलको व्यक्तिलाई प्राथमिकता दिई नियुक्ति गर्ने राजनीतिक परिपाटीले लुम्बिनीको विकासले गति लिन सकेको छैन । २०४८ सालमा निर्वाचित बहुदलीय सरकार आएपछि लुम्बिनी विकास कोष अध्यक्षमा पदेन संस्कृति मन्त्री हुने व्यवस्था भएअनुरूप अहिलेसम्म ३३ जना अध्यक्ष भइसकेका छन् ।