हुस्सुका कारण उडान ठप्प

काठमाडौं, पुस १६ । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी ह्वात्तै घटेको छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्। सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्। त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयकाअनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन […]

सम्बन्धित सामग्री

एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

१० माघ, बुटवल । खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् […]

अमेरिकाका सबै आन्तरिक उडान ठप्प

उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका छन् । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि आन्तरिक उडान रोकिएका हुन् । हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा...

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

काठमाण्डाै - बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ । बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक, एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन्  । आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ । जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ ...

लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प

काठमाडौँ- मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन। गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।  प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै […]

तेन्जिङ हिलारी विमानस्थलमा चार दिनदेखि उडान ठप्प, यात्रु अलपत्र

मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पाँच दिनदेखि हवाई उडान ठप्प बनेको छ । गत आइतबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्न प्राधिकरण लुक्लाले जनाएको छ ।  केही दिनयता...

भिजिवलिटी कम हुँदा हवाई उडान ठप्प, विमान ल्यान्ड गर्न नसकेर आकाशमै होल्ड

काठमाडौं :  बाक्लो तुवाँलोका कारण बिहानैदेखि हवाई उडान ठप्प भएको छ। विहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी नपुग्दा हुँदा उडान हुन सकेको छैन। यस्तै विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय विमान पनि ल्यान्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेका छन्।  हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छपश्चिमी वायुको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खराबी आएपछि देशैभरका ३५ वट

खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाण्डाै – खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन्  । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् । पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।

बाक्लो कुहिरो र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

मौसम प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान ठप्प भएको छ। शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो र हुस्सु लागेपछि उडान तथा अवतरण ठप्प भएको हो । विमानस्थल प्रहरी कार्यालयका अनुसार गए राति १ बजेदेखि...

निरन्तरको वर्षाले लुक्लामा एक सातादेखि उडान ठप्प

काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन् । उडान बन्द हुँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी, फलफूलका साथै मासु, अण्डा लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । खाद्यान्नको मौज्दात पर्याप्त भएपनि […]

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...